logo

२०८३ साउन १४ बिहिबार

काठमाडौंमा १५औं संस्करणको नाडा अटो शो सुरु

काठमाडौंमा १५औं संस्करणको नाडा अटो शो सुरु


हाम्रो राष्ट्र
  • मंगलबार, २६ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आयोजनामा १५औं संस्करणको नाडा अटो शो मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । ६ दिनसम्म चल्ने प्रर्दशनीको मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरे।

    प्रदर्शनीमा सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको प्रदर्शनी रहेको नाडाले जनाएको छ। प्रदर्शनी भृकुटीमण्डपको प्रदर्शनीस्थलमा भाद्र ३१ गतेसम्म चल्ने छ ।

    बजार सुस्तता भएको समयमा यस प्रदर्शनीमा अटोमोबाइल कम्पनीहरूको सहभागिताले अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान दिने नाडाले जनाएको छ। आयोजकका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू छन् ।

    प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहेको आयोजकले जनाएको छ। उक्त अटो सोमा २० अर्बको कारोबार हुने लक्ष्य लिएको आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend