logo

२०८३ साउन १३ बुधबार

खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन

खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं महानगरपालिकाले खुलारुपमा दूध तथा दूग्धजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिएको छ । महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको हो ।

    विभागका वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले सूचना जारी गरी खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएका हुन् ।

    खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री वितरण गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन महानगरले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend