भक्तपुर । चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोलीले भक्तपुरको पर्यटकीय क्षेत्रको अवलोकन गरेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले चिनियाँ टोलीलाई भक्तपुर दरबार स्क्वायरमा परम्परागत धिमेबाजासहित स्वागत गर्नुभएको छ । चिनियाँ टोलीलाई भक्तपुर चेम्बरले पर्यटकीय क्षेत्रको अवलोकन गराएको थियो ।
भक्तपुरको अवलोकनपछि चेम्बरका पदाधिकारी र चिनियाँ निजी क्षेत्रका व्यापारिक टोलीबीच लगानीबारे छलफल भएको थियो । चीन फर्किएपछि उक्त टोलीले चिनियाँ जनतामाझ भक्तपुरको प्रचारप्रसार गर्ने, नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने, नेपाली उत्पादनको चीनमा प्रवद्र्धन गर्ने र चिनियाँ कृषि प्रविधि नेपालमा भित्राउनेबारेमा मौखिक सहमति भएको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष दीपककुमार मल्होत्रालगायतका टोलीको पनि सहभागिता रहेको थियो ।
भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भोयद्योको निमन्त्रणामा भक्तपुर भ्रमणमा आएको चिनियाँ टोलीसँगको छलफल देशकै लागि उपलब्धिमूलक भएको भक्तपुर चेम्बर अफर कमर्सका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले जानकारी दिए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend