logo

२०८३ साउन १५ शुक्रबार

काठमाडौंको तीनकुनेमा भएको हत्या घटना अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन

काठमाडौंको तीनकुनेमा भएको हत्या घटना अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन


हाम्रो राष्ट्र
  • शनिबार, ३० भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्र चार जनाको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले समिति गठन गरेका छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेको हो । एसएसपी सोमेन्द्र सिंह राठोरको संयोजकत्वमा प्रहरी नायव उपरीक्षकहरू क्रमशः काठमाडौं उपत्यका प्रहरी कार्यालयका सुवास खड्का, जिल्ला प्रहरी परिसरका हरि खतिवडा, महानगरीय अपराध महाशाखाका सुरक्षा केसी र बानेश्वर वृत्तका प्रहरी निरिक्षक वीरेन्द्र केसी रहको छानविन समितिमा गठन गरिएको हो ।

    गएराति भएको घटनामा चार जनाको शव फेला पारेको थियो । सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend