logo

२०८३ साउन १५ शुक्रबार

मथुरामा सवारी दुर्घटनामा सात जनाको मृत्यु

मथुरामा सवारी दुर्घटनामा सात जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, ३० भाद्र २०८०
  • 1.1K
    SHARES

    उत्तर प्रदेशको मथुरामा दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । राज्यको रायबरेलीमा आजै भएको अर्को सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।

    दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा द्रुत गतिमा हुइँकिएको कारले रोकेर राखेको ट्रकलाई ठक्कर दिँदा कारमा रहेका तीन जना र ट्रक चालकको घटनास्थलमा ज्यान गएको प्रहरी अधिकृत मार्तण्डप्रकाश सिंहले बताएका छन् ।

    आफूले रोकेको ट्रकको अवस्थिति निरीक्षण गरिरहेका ट्रक चालकलाई विपरीत दिशाबाट आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै ज्यान गएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

    राज्यको अलिगढबाट मथुरा नजिकैको कोकिलावन धाम शनि मन्दिरतर्फ गइरहेका उनीहरू अलिगढका बासिन्दा हुन्भने ट्रक चालक बिहारको छपराका निवासी हुन् ।

    प्रहरीका अनुसार रायबरेलीमा भएको दुर्घटनाग्रस्त कारमा पाँच जना सवार थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुई जना बालबालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उक्त कारमा दुई जना पुरुष र एक महिला थिए । दुवै दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend