logo

२०८३ साउन १५ शुक्रबार

नुहाउने क्रममा पोखरीमा डुबेर मोरङमा दुई जनाको मृत्यु

नुहाउने क्रममा पोखरीमा डुबेर मोरङमा दुई जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, ३० भाद्र २०८०
  • 1.1K
    SHARES

     

    मोरङ । मोरङको ग्रामथानमा  नुहाउने क्रममा शनिबार पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।  ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

    उनका अनुसार दुवै बालिकालाई डुबेर गम्भीर घाइते भएको अवस्थामा बिहान ११ः३० बजेतिर स्थानीयले फेला पारेका थिए । पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको दाहालले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend