इरानी अधिकारीहरूले महसा अमिनीको मृत्युको बार्षिकीमा आयोजित कार्यक्रममा परिवारका सदस्य तथा शुभचिन्तकलाई भाग लिन रोक लगाएका छन् ।
अमिनीका बुबालाई उनकै घरमा थुनेर राखिएको इरानी मानव अधिकारवादी सङ्गठनहले बताएका छन् । सन् १९७९ को इस्लामिक क्रान्तिको केही समयपछि लागू गरिएको महिलाका लागि कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा धार्मिक प्रहरीले पक्राउ गरेको केही दिनपछि २२ वर्षीया इरानी कुर्द अमिनीको गत बर्ष मृत्यु भएको थियो ।
उनको परिवारले उनको मृत्यु टाउकोमा लागेको चोटका कारण भएको बताएको छ । तर इरानी अधिकारीहरुले यसलाई अस्वीकार गरेका छन् ।
सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको नेतृत्वमा इस्लामिक गणतन्त्रको शासन प्रणालीलाई खुला चुनौती दिँदै महिलाहरूले आफ्नो अनिवार्य हिजाब च्यात्दै हप्तौंसम्म चलेको प्रदर्शनमा उनको मृत्युप्रतिको आक्रोश तीव्र रूपमा फैलिएको छ । महसा अमिनीका पिता अमजदलाई पक्राउ गरिएको र उचिहानमा स्मृति सभा नगर्न चेतावनी दिएपछि रिहा गरिएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend