logo

२०८३ साउन १३ बुधबार

भारतलाई एसिया कपको उपाधि

भारतलाई एसिया कपको उपाधि


हाम्रो राष्ट्र
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा घरेलु टोली श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाएर पूरा गरेको थियो । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयो ।

    भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयो । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् ।

    योसँगै भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको हो । भारतले यसअघि सन् १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend