logo

२०८३ साउन १४ बिहिबार

एलपिएल-८ मा सहभागी हुने १६ टिमको टुङ्गो लाग्यो

एलपिएल-८ मा सहभागी हुने १६ टिमको टुङ्गो लाग्यो


हाम्रो राष्ट्र
  • आइतबार, ३१ भाद्र २०८०
  • 1K
    SHARES

     

    सुदूरपश्चिम । कैलालीको धनगढीमा आयोजना हुने लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) सिनियर टी–२० क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीको टुङ्गो लागेको छ । आयोजक लिटिल फ्लावर स्पोर्ट्स क्लब धनगढीका अध्यक्ष रामचन्द शाहीले प्रतियोगितामा देशभरिका १६ टोलीको सहभागिता हुन लागेको जानकारी दिए ।

    आठौँ संस्करणको उक्त प्रतियोगितामा क्रिकेट एक्सिलेन्स सेन्टर (काठमाडौँ), गरुडा नगरपालिका (हेटौंडा), लिटिल एन्जल्स बोर्डिङ स्कुल (दाङ)को टोली सहभागी हुन लागेका छन् ।

    यसैगरी कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन, जेएस स्पोर्ट्स सुपर स्टार, खप्तड इन्डोर स्पोर्ट्स सेन्टर, कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी, सत्यवादी क्रिकेट एकेडेमी, कैलाली बहुमखी क्याम्पस, सुदूरपश्चिममाञ्चल क्याम्पस, लिटिल फ्लावर बोर्डिङ स्कुल, जिल्ला क्रिकेट क्लब कैलाली, धनगढी स्पोर्ट्स क्लब, युथ अफ टीकापुर, धनगढी क्रिकेट एकेडेमी र शारदा मावि धनगढीको टोली पनि सहभागी हुन लागेका छन् ।

    धनगढीको फाप्ला क्रिकेट मैदानमा आगामी मङ्सिर पहिलो साता प्रतियोगिताको आयोजना गर्ने गरी तयारी थालिएको क्लबका अध्यक्ष शाहीले बताए । प्रतियोगिताको विजेतालाई  दुई लाख ५५ हजार पाँच सय ५५ तथा उपविजेतालाई  एक लाख २८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको छ ।

    यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई  १५ हजार, बेष्ट ब्याटर र बलरलाई जनही  सात हजार र उदीयमान खेलाडीलाई  पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुनेले एक हजार पाँच सय पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend