logo

२०८३ साउन १५ शुक्रबार

कङ्गोमा भएको सशस्त्र आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

कङ्गोमा भएको सशस्त्र आक्रमणमा १८ सर्वसाधारणको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, १ असोज २०८०
  • 1K
    SHARES

    पश्चिमी कङ्गोमा मिलिसिया समूहको आक्रमणमा परी १८ सर्वसाधारण र एक सैनिकको मृत्यु भएको छ । राजधानी किन्शासाबाट करिब एकसय ९० किलोमिटर दक्षिणपूर्वमा पर्ने किम्वुलाको फाइनल गाउँमा गत सोमबार ‘मोबोन्डो’ मिलिसियाले ती सर्वसाधारणको हत्या गरेको सरकारका प्रवक्ता प्याट्रिक मुयायाले जानकारी दिएका छन् ।

    उनले मारिएका १८ जना सर्वसाधारणसँगै एक सैनिक पनि मारिएका र अर्का एक जना अझै बेपत्ता रहेका बताए । मिलिसियाले गाउँमा आगो लगाइदिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

    यस क्षेत्रमा साम्प्रदायिक हिंसा मार्चमा भड्किनुभन्दा पहिले हालैका महिनाहरूमा कम भएको थियो । यस क्षेत्रका समूहहरूले टिकी समुदायलाई लक्षित गरी आक्रमण गरेका थिए । खनिज पदार्थले भरिपूर्ण देशको पूर्वी क्षेत्रमा दर्जनौं सशस्त्र समूहको उदय भएको विद्रोहलाई दबाउन डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोले सङ्घर्ष गरिरहेको बेला हिंसा भएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend