logo

२०८३ साउन १५ शुक्रबार

टिपटपलाई दुई लाख रुपैयाँ जरिवाना

टिपटपलाई दुई लाख रुपैयाँ जरिवाना


हाम्रो राष्ट्र
  • सोमबार, १ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मिठाई पसल टिपटपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । सोमबार महानगरले काठमाडौं महानगरपालिका–१६ ठँहितिस्थित टिपटप मिठाई पसललाई कारबाही गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त मिठाई पसलले अखाद्यान्न मिठाई बेचेको गुनासो आएको थियो ।

    अनुगमनका क्रममा जाँच गर्दा खान योग्य नभएका मिठाई बेचेको भेटिएको थियो । महानगरले अबदेखि मिठाई बनाउँदा सरसफाइमा ध्यान दिन र खान योग्य नभएका मिठाई नबेच्न समेत सचेत गराएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend