logo

२०८३ साउन १४ बिहिबार

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, १ असोज २०८०
  • 1.1K
    SHARES

     

    नवलपरासी । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।

    सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

    “नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्”, उनले भने  । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend