logo

२०८३ साउन १४ बिहिबार

पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

पुलिसलाई लामाचौर कप भलिबलको उपाधि


हाम्रो राष्ट्र
  • सोमबार, १ असोज २०८०
  • 1.2K
    SHARES

    पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि  जितेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

    इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको फाइनल खेलमा पुलिसले पहिलो सेट १८–२५ ले गुमाएपनि त्यसपछिको तीन सेट क्रमश २५–२२, २५–१४ र २५–२० ले आफ्नो पक्षमा पार्दै पुलिसले उपाधि जितेको हो ।

    उपाधिसँगै पुलिसले १ लाख ५० हजार रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको डायमण्डले १ लाख रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend