logo

२०८३ साउन १३ बुधबार

अफगानिस्तानसँगको सम्बन्ध सुदृढ बनाउने पाकिस्तानी प्रधानमन्त्रीको चाहना

अफगानिस्तानसँगको सम्बन्ध सुदृढ बनाउने पाकिस्तानी प्रधानमन्त्रीको चाहना


हाम्रो राष्ट्र
  • मंगलबार, २ असोज २०८०
  • 1.1K
    SHARES

    पाकिस्तानको कामचलाउ सरकारका प्रधानमन्त्रीले सीमा तनावका बीच अफगानिस्तानसँगको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन आह्वान गरेका छन् ।

    तोरखाम सीमामा तनावका कारण दुवै देशका सेनाले एकअर्काबीच झडपको परिस्थिति सृजना भएको केही दिनपछि कामचलाउ सरकारका प्रधानमन्त्री अनवर–उल–हक काकरले  तालिवानद्वारा नियुक्त अफगानिस्तानका प्रधानमन्त्री मुल्ला हसन अखुन्दलाई पत्र लेखेर काबुलसँगको सम्बन्ध सुमधुर एवं सुदृढ तुल्याउने चाहना व्यक्त गरेका हुन् ।

    पाकिस्तानी प्रधानमन्त्रीले तालिबान प्रशासनलाई इस्लामाबादसँग सहकार्य गर्न आमन्त्रण गरेको एशोशिएटेड प्रेस अफ पाकिस्तानले जनाएको छ ।

    पत्रमा प्रधानमन्त्री काकरले पाकिस्तान र अफगानिस्तानबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई जोड दिँदै  पारस्परिक मैत्रीलाई अझ मजबुत बनाउने इच्छा व्यक्त गरेका छन् । उहाँले सीमा क्षेत्रमा शान्ति–स्थिरता स्थापना गर्न अफगानिस्तानका प्रधानमन्त्रीसँग सहकार्य गर्न आफू तत्पर रहेको बताएका छन् ।

    “हामी छिमेकीका साथै दाजुभाइ  पनि हौं ।  म हाम्रो द्विपक्षीय सम्बन्धका सम्पूर्ण क्षेत्रमा साझेदारी गर्न चाहन्छु । विशेष गरी राजनीतिक, सुरक्षा, आर्थिक र सांस्कृतिक क्षेत्रमा हाम्रो सम्बन्धलाई अझ बलियो बनाउन पूर्ण रूपमा प्रतिबद्ध छु । हामीले यी साझा लक्ष्यहरू प्राप्त गर्न लगनशील भएर काम गर्नुपर्छ,  ”पत्रमा भनिएको छ ।

    तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) बाट बढ्दो खतराका कारण अफगानिस्तानमा सम्भावित हमला र ड्रोन आक्रमणको मुद्दालाई सम्बोधन गर्दै प्रधानमन्त्री ककरले पाकिस्तानको आत्मरक्षाको अधिकारको प्रतिरक्षा गर्दै पाकिस्तानले आवश्यक परेको बेला आफ्नो भूमि र नागरिकको सुरक्षाका लागि आवश्यक कारबाही गर्ने प्रतिबद्धता पनि पत्रमा व्यक्त गरेका छन् ।

    पाकिस्तानी अधिकारीहरूले अफगान भूमिबाट आक्रमण हुने गरेको आरोप लगाउँदै आएका छन्भने तालिबान अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै  आएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend