logo

२०८३ साउन १४ बिहिबार

पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द

पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द


हाम्रो राष्ट्र
  • मंगलबार, २ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौँता रकम तिर्न नसकेका कारण उक्त सम्झौँता रद्द गरिएको विकास कोषले जनाएको छ ।

    पार्किङ सम्झौता रद्द गरी उक्त पार्किङस्थल मंगरबारदेखि विकास कोषले आफ्नो मातहतमा लिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार उक्त प्रालिले सवारी पार्किङ सञ्चालनवापत कोषलाई तिर्नुपर्ने पुरानो ४० लाख भन्दाबढी रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो ।

    सञ्चालक परिषद्को गएको भदौ २१ गते बसेको बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको कार्यकारी निर्देशक खतिवडाले बताए । उनले भने, “भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय गरेको हो, आजदेखि हामीले उक्त पार्किङ स्थल आफ्नो जिम्मा लिएका छौँ, अर्को टेन्डर प्रकृया नहुँन्जेलसम्म हाल लाई निःशुल्क पार्किङ गरिएको छ ।”

    उक्त कम्पनीले पशुपति क्षेत्र भित्र रहेको सवारी पार्किङ स्थल सञ्चालन गरेवापत विकास कोषलाई मासिक तीन लाख ४६ हजार तिर्नेगरी सम्झौता भएको विकास कोषले जनाएको छ ।

    उक्त कम्पनीले पुरानो बक्यौँता रकम ६० लाखमा केही हप्ता पहिले २० लाख बुझाएपनि अझै ४० लाख तिर्न बाँकी रहेको खतिवडाले जानकारी दिए । कोष र उक्त कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि पाँच वर्षको सम्झौता भएपनि साढे दुई वर्षमा सम्झौता रद्द भएको छ ।

    पशुपति क्षेत्र विकास कोषले दुई पाङ्ग्रे सवारी साधनका लागि १० र चारपाङ्ग्रे सवारीका लागि २५ रुपैयाँ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो । तर, कम्पनीले सो भन्दा बढी शुल्क उठाएको पाइएको आरोप छ । कम्पनीमाथि राजस्व अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको कोषले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend