logo

२०८३ साउन १३ बुधबार

भलिबलमा नेपाल बहराइनसँग पराजित

भलिबलमा नेपाल बहराइनसँग पराजित


हाम्रो राष्ट्र
  • मंगलबार, २ असोज २०८०
  • 1.1K
    SHARES

    काठमार्डौ । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ । चीनको हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो ।

    पहिलो सेटमा नेपाल २५–२० ले विजयी भए पनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५–२०, तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–१५ ले पराजित भयो ।

    नेपालले अर्काे खेलमा पर्सि बुधवार इरानसँग खेल्नेछ । यो खेल हारेमा नेपाल समूह चरणबाट बाहिरिनेछ । एसियाली खेलकुदको उद्घाटन समारोह सेप्टेम्बर २३ तारिखमा हुने भए पनि भलिबल, फुटबल र क्रिकेटका खेल आजदेखि नै शुरु भएका छन् ।

    यस पटकको प्रतियोगितामा कुल ४० खेलमा एसियाका ४५ देशका १२ हजार चार सय १७ जना खेलाडीले प्रतिपर्धा गर्दैछन् । नेपालबाट २९ खेलका लागि दुई सय ५३ जना खेलाडी सहभागी छन् । कोभिड–१९ महामारीका कारण १९ औँ संस्करणको एसियाली खेलकुद एक वर्ष पछाडि धकेलिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend