logo

२०८३ साउन १५ शुक्रबार

अजरबैजानद्वारा पृथकतावादी समूहलाई आत्मसमर्पण गर्न आग्रह

अजरबैजानद्वारा पृथकतावादी समूहलाई आत्मसमर्पण गर्न आग्रह


हाम्रो राष्ट्र
  • बुधबार, ३ असोज २०८०
  • 1.1K
    SHARES

    अजरबैजानले नागोर्नो–काराबाख क्षेत्रबाट अलग्गिएको नागोर्नो–काराबाख क्षेत्रविरुद्ध मङ्गलबार एक अभियान सुरु गरेको छ । सरकारले अर्मेनियाली पृथकतावादीहरूको आत्मसमर्पणको माग गर्दै यो ‘अन्त्यसम्म जारी रहने’ चेतावनी दिएको छ ।

    पृथकतावादीहरूले अजरबैजानले तोपखाना, लडाकू विमान र आक्रमण ड्रोनको प्रयोग गरिरहेको बताएका छन् भने अर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानले यसलाई ‘स्थलगत आक्रमण’ भनेका छन् ।

    अर्मेनियाले अजरबैजानले विवादित अर्मेनियाली बाहुल्य क्षेत्रमा सेना परिचालन गरेको आरोप लगाएसँगै पछिल्लो समय नयाँ युद्धको डर बढ्दै गएको छ । पृथकतावादीहरूको गढ स्टेपानाकेर्टमा शहरमा विस्फोटको आवाज सुनिएको बताएका छन् । अजरबैजानको रक्षा मन्त्रालयले अग्रपङ्क्तिमा र नागोर्नो–काराबाख क्षेत्रको भित्रसम्म लक्षित गरी कारबाही भइरहेको जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend