logo

२०८३ साउन १५ शुक्रबार

नेपालको आर्थिक बृद्धिदर ४.३ प्रतिशत हुने एडिबीको प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदर ४.३ प्रतिशत हुने एडिबीको प्रक्षेपण


हाम्रो राष्ट्र
  • बुधबार, ३ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बुधबार एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो ।

    गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहेको थियो । एडीबीले चालु आर्थिक वर्षमा मुद्रास्फीति दर (मूल्यवृद्धि) ६.२ प्रतिशत हुने जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।

    एडिबीले सन् २०२३ यता एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्रमा सुधार हुन थालेको जनाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नीतिगत दर ०.५० प्रतिशित बिन्दूले समायोजन गरी ६.५ प्रतिशत कायम गरेको छ।

    जसले व्यावसायिक ब्याजदर न्यूनीकरणमा मद्दत पुग्नुका साथै आर्थिक गतिविधिलाई बढावा दिने एडिबीको प्रतिवेदनमा उल्लेख गरिएको छ । एडिबीले रियलस्टेट, थोक एवं खुद्रा व्यापार तथा आवास र खाद्य सेवाको विस्तारले सेवा क्षेत्रको विस्तारले गति लिने अपेक्षा गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend