logo

२०८३ साउन १४ बिहिबार

हङकङस्थित सबै देशका वाणिज्य दूतावासका कर्मचारीको विवरण उपलव्ध गराउन चीनको आदेश

हङकङस्थित सबै देशका वाणिज्य दूतावासका कर्मचारीको विवरण उपलव्ध गराउन चीनको आदेश


हाम्रो राष्ट्र
  • बुधबार, ३ असोज २०८०
  • 1.3K
    SHARES

    चीन सरकारले हङकङस्थित सबै वाणिज्य दूतावास /कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीको व्यक्तिगत विवरण उपलव्ध गराउन आदेश दिएको छ । आगामी अक्टोबर १८ सम्ममा सबै स्थानीय कर्मचारीको विवरण उपलव्ध गराउन हङकङस्थित चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आदेश दिएको हो ।

    आयुक्तको कार्यालयले स्थानीय कर्मचारीको व्यक्तिगत विवरण लिने निर्णय अन्तरराष्ट्रिय अभ्यासअनुरूप भएको दबी गरेको छ । अब हङकङमा पनि मुख्य भूमिमा कार्यान्वयन गरिएका नियम लागू हुनेछन् ।

    चिनियाँ पक्षले हङकङमा रहेका विदेशी कन्सुलर कार्यालयहरूको मामिला प्रचलित कानुनअनुसार र व्यावहारिक दृष्टिकोणबाट व्यवस्थापन गर्दै आएको स्पष्ट गरको छ ।

    चिनियाँ अधिकारीहरूलाई बुझाउनु पर्ने सूचनामा कुन पदमा कर्मचारीले काम गरिरहेको हो, निजको आवासीय ठेगाना र परिचय पत्र नम्बरहरू समावेश गर्न निर्देशन दिइएको छ ।

    नयाँ कामदार भर्ती गरेमा निजको विवरण पनि १५ दिनभित्र अनिवार्य रुपमा बुझाउन पत्राचार गरिएको छ । आयुक्तको कार्यालयले नयाँ नियमको उद्देश्यबारे केही खुलाएको छैन ।

    सन् १९९७ मा बेलायतले चिनियाँ भूभाग हङकङ बेइजिङलाई हस्तान्तरण गरेको हो । विशेष स्वायत्तता शासन पद्धति अपनाइएको हङकङमा पछिल्ला दिनमा बेइजिङ विरोधी गतिविधि बढ्न थालेपछि कडा राष्ट्रिय सुरक्षा कानून लगाएर शहर व्यवस्थापन हुँदै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend