logo

२०८३ असोज ७ बुधबार

बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम घोषणा,

बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम घोषणा,


हाम्रो राष्ट्र
  • बिहिबार, ४ असोज २०८०
  • 1K
    SHARES

    अमेरिकी राष्ट्रपति जो बाइडनले स्वच्छ ऊर्जा अर्थतन्त्रका लागि आफ्ना योजनामा मतदातालाई बेच्ने प्रयास गरिरहेका बेला युवाहरूलाई हरित रोजगारी प्रदान गर्न सहयोग पुर्याउने  उद्देश्यले नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम’ को शुभारम्भ गरिएको बताएका छन् । स्वच्छ ऊर्जा, वातावरण संरक्षण र जलवायु उत्थानशीलता कार्यकर्ताहरूको अर्को पुस्तालाई परिचालन गर्ने उनले बताएका छन् ।

    यो योजनाले २० हजारभन्दा बढी युवाहरूलाई उनीहरूको तलबी प्रशिक्षण पूरा गरेपछि ‘राम्रो तलब दिने काम’ प्राप्त गर्न प्रशिक्षित गर्ने राष्ट्रपति बाइडेनले बताए । राष्ट्रपति बाइडेनले विशेष गरी आफुले हस्ताक्षर गरेको मुद्रास्फीति न्यूनीकरण ऐनमार्फत् सन् २०२४ मा पुनः निर्वाचनका लागि आफ्नो प्रयासको मुख्य मुद्दा अर्थतन्त्रलाई बनाएका छन् ।

    महत्वाकाङ्क्षी जलवायु कानूनको उद्देश्य स्वच्छ ऊर्जामा अमेरिकी सङ्क्रमणलाई गति दिनु, अमेरिकी उद्योगको पुनर्निर्माण गर्नु र सामाजिक न्यायलाई बढावा दिनु हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend