logo

२०८३ साउन १५ शुक्रबार

सरकार र आन्दोलनरत शिक्षकहरु वार्तामा

सरकार र आन्दोलनरत शिक्षकहरु वार्तामा


हाम्रो राष्ट्र
  • बिहिबार, ४ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा सुरु भएको  वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरलगायत छन् ।

    संसदमा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् । आज पनि आन्दोलन जारी राख्ने बताएका उनीहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका हुन् । यसअगाडि आन्दोलनरत शिक्षकहरु सरकारले बोलाएको वार्ताका गएका थिएनन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend