logo

२०८३ साउन १४ बिहिबार

सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ताबाट समाधान खोज्नुपर्छः गृहमन्त्री श्रेष्ठ

सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ताबाट समाधान खोज्नुपर्छः गृहमन्त्री श्रेष्ठ


हाम्रो राष्ट्र
  • बिहिबार, ४ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षकहरुको प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित बनाउन आग्रह गरेका छन् । बिहीबार बिहान गृह मन्त्रालयमा शिक्षक महासंघका पदाधिकारीसँगको वार्तामा गृहमन्त्री श्रेष्ठले प्रदर्शनलाई मर्यादित बनाउन आग्रह गरेका हुन् ।

    उनले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ता, संवाद गरेर निष्कर्ष निकाल्नु पर्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षा सचिवसहित शिक्षक महासंघको प्रतिनिधिमण्डल सहभागी थिए । संसदमा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् ।

    आज पनि आन्दोलन जारी राख्ने बताएका उनीहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका हुन् । यसअगाडि आन्दोलनरत शिक्षकहरु सरकारले बोलाएको वार्ताका गएका थिएनन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend