logo

२०८३ असोज ७ बुधबार

अमेरिकी सहायता बिना युद्ध जित्न नसक्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ

अमेरिकी सहायता बिना युद्ध जित्न नसक्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ असोज २०८०
  • 1.2K
    SHARES

    अमेरिकी संसदमा रिपब्लिकन पार्टीका सन्देहको सामना गर्दै अर्बौं डलरको सहायता प्रवाहमा कटौती गरिएमा रूसी आक्रमणविरुद्ध कीएभले आफ्नो युद्ध गुमाउने युक्रेनी अधिकारीले बताएको अमेरिकी सिनेटका नेता चक शुमरले रिपोर्ट गरेका छन् ।

    राष्ट्रपति जो बाइडेनको युक्रेन समर्थक नीतिका प्रमुख समर्थक तथा सिनेटका नेता चक शुमरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफुसँग यदि सहायता नपाए युद्ध हार्ने बताएका हुन् ।

    सन् २०२२ को फेब्रुअरीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण गरेयता संयुक्त राज्य अमेरिकाले युक्रेनलाई पश्चिमी समर्थनको नेतृत्व गर्दै आएको छ, काङ्ग्रेसले अहिलेसम्म एकसय अर्ब डलरभन्दा बढीको सहायता स्वीकृत गरेको छ, जसमा ४३ अर्ब डलरको हतियार पनि समावेश छ ।

    तर सन् २०२४ मा ह्वाइट हाउसमा फर्कन चाहने डोनाल्ड ट्रम्पको सन्देशका कारण रिपब्लिकन पार्टीका मतदाताले कमजोर महशुस गरिरहेको सर्वेक्षणले देखाएसँगै रिपब्लिकन पार्टीमा प्रभुत्व जमाएको कट्टर दक्षिणपन्थी समूहले सहायता कार्यक्रम बन्द गर्नुपर्ने अडान लिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend