logo

२०८३ साउन १४ बिहिबार

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ असोज २०८०
  • 1.5K
    SHARES

    म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ ।
    बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल,बेलारुस, मोरक्को र जापान रहेका सरकारी अधिकारीले जनाएका छन् ।

    यो कदमको उद्देश्य म्यान्मा र यी देशहरूबीच बलियो कूटनीतिक सम्बन्धलाई बढावा दिनु र पर्यटनलाई प्रोत्साहित गर्नु हो । म्यान्मार र यी देशहरूबीच पारस्परिक भिसा सम्झौताको एक भागको रूपमा यो निर्णय आएको छ, जसले कूटनीतिज्ञहरू र विशेष पासपोर्ट धारकहरूलाई ३० देखि ९० दिनसम्म देशमा बस्न अनुमति दिन्छ ।

    नयाँ थपिएका चार मुलुकबाहेक बङ्गलादेश, ब्राजिल, चीन, कोलम्बिया, भारत, दक्षिण कोरिया, उत्तर कोरिया, मङ्गोलिया, रूस, सर्बिया, श्रीलङ्कार सार्कका सदस्य राष्ट्रहरू म्यानमाबाट भिसा छुटका लागि योग्य छन् ।

    होटल तथा पर्यटन मन्त्रालयका उपस्थायी सचिव यु ह्ला मिन्तले भिसारहित प्रवेश र आगमनमा भिसालगायतका कदमले देशमा पर्यटकको आगमन बढाउन मद्दत पुग्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend