logo

२०८३ असोज ७ बुधबार

बेलायत पुनः ईयूमा जोडिएला ?

बेलायत पुनः ईयूमा जोडिएला ?


हाम्रो राष्ट्र
  • शनिबार, ६ असोज २०८०
  • 1.2K
    SHARES

    बेलायतको विपक्षी लेबर पार्टीका नेताले आफूले बेलायतलाई युरोपेली सङ्घमा पुनः जोड्न चाहेको भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् ।

    बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले उनले ‘बेलायतको ईयूबाट भएको बहिर्गमनलाई उल्ट्याउन चाहेको आरोप लगाएको छ । केइर स्टामरको लेबर पार्टी महिनौंदेखि लगातार जनमत सर्वेक्षणमा राम्रो प्रगति गर्दै आएको छ । उनले भर्खरै आफ्नो अन्तर्राष्ट्रिय कद बढाउने उद्देश्यले विदेश भ्रमण पूरा गरेका छन् ।

    लण्डन फर्केपछि उनलाई केही दिनअघि राजनीतिक वृत्तमा गरिएको टिप्पणीका बारेमा सोधपुछ गरिएको थियो । मोन्ट्रियलमा आयोजित मध्यमार्गी वामपन्थी मञ्चमा उनले आफू युरोपेली सङ्घको नियमबाट अलग हुन नचाहेको घोषणा गरेका थिए ।

    यसै भनाइलाई लिएर चान्सलर जेरेमी हन्टले ब्रेक्जिटलाई ‘अनपिक’ गर्न चाहेको आरोप लगाएका छन् भने विदेशमन्त्री जेम्स क्लेभरलीले ‘नामबाहेक सबैमा इयूमा पुनः सामेल हुन चाहेको’ बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend