logo

२०८३ साउन १४ बिहिबार

जावी सन् २०२५ सम्म बार्सिलोनामा रहने सम्झौता

जावी सन् २०२५ सम्म बार्सिलोनामा रहने सम्झौता


हाम्रो राष्ट्र
  • शनिबार, ६ असोज २०८०
  • 1.3K
    SHARES

    स्पेनी क्लब बार्सिलोनाका प्रशिक्षक जेभिएर हर्नान्डेज क्रिउज (जावी) ले क्लबसँग आफ्नो सम्झौता थपिएको घोषणा गरेका छन् ।

    सन् २०२१ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका बार्सिलोनाका पूर्व मिडफिल्डर जावीले आफ्नो सम्झौता एक सिजन अर्थात् सन् २०२५ सम्मका लागि लम्ब्याउनेछन् ।

    जावीले क्लबलाई सन् २०१९ पछि पहिलो पटक ला लिगा र गत सिजन स्पेनी सुपर कपको उपाधि दिलाउन सफल भएका थिए ।

    सेल्टा भिगोविरुद्ध शनिबार हुने खेलअघि पत्रकार सम्मेलनमा जावीले भन्नुभयो, “हामी कठिन समयमा आएका थियौं ।”

    उनले भने, “गत वर्ष हामीले दुई महत्वपूर्ण उपाधि जितेका थियौं । हामी सङ्क्रमणको अवस्थामा छौं ।”

    ला लिगामा रियल बेटिस र च्याम्पियन्स लिगको समूह चरणमा रोयल आन्टवर्पलाई ५–० ले हराउँदै बार्सिलोनाले आफुले जिम्मेवारी सम्हालेयताका दुई उत्कृष्ट खेल हासिल गरेको जावीले बताए ।

    जावीले रोनाल्ड कोम्यानबाट सन्यास लिएको दुई वर्षपछि सन् २०२४ को जुनसम्मका लागि स्पेनी क्लब बार्सिलोनासँग सम्झौता गरेका थिए ।

    स्पेनी ला लिगामा रियल मड्रिडभन्दा दुई अङ्कले पछि रहेको बार्सिलोना दोस्रो स्थानमा छ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend