logo

२०८३ साउन १३ बुधबार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै


हाम्रो राष्ट्र
  • आइतबार, ७ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको छ ।

    यो प्रकरणको सुनुवाइको सबै प्रक्रिया सकिएर फैसला आउने बेला भएपनि विभिन्न बाहाना बनाएर फैसलामा ढिलाइ गरिएको छ । यसअघि तोकिएको पेसीका दिन यो मुद्दा विदामा बसेका न्यायाधीशको इजलासमा परेपछि स्थगित भएको थियो ।

    मुद्दाकै कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टिममा परे पनि उनी चीन जाने नजाने टुंगो लागेको छैन । यसअघिको सुनुवाइमा जिल्ला अदालतले पीडित बालिकाकी आमाको जन्म मिति मगाउने आदेश गरेको थियो । एक नाबालिग किशोरीलाई होटेलमा लगेर बलात्कार गरेको आरोप लामिछानेमाथि छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend