logo

२०८३ साउन १४ बिहिबार

युक्रेनको आक्रमणमा रुसी नौ सेनाका वरिष्ठ कमाण्डरसहित दर्जनौंको मृत्यु

युक्रेनको आक्रमणमा रुसी नौ सेनाका वरिष्ठ कमाण्डरसहित दर्जनौंको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, ७ असोज २०८०
  • 1K
    SHARES

    युक्रेनले रूसकोे क्रिमियास्थित ‘ब्ल्याक सी’ क्षेत्रको मुख्यालयनजिकै भएको क्षेप्यास्त्र आक्रमणमा रूसी नौसेनाका वरिष्ठ कमाण्डरसहित दर्जनौँ व्यक्तिको हताहत भएको जनाएको छ ।

    झापोरिझिया क्षेत्रमा भएको कीएभको सफलतामा युक्रेनी जनरलले जवाफी आक्रमणको नेतृत्व गरिरहेका छन् । जनरल ओलेक्सान्डर टार्नाभस्कीले भर्बोभ गाउँ नजिकैको बायाँ लहरमा सफलता मिलेको बताए । युक्रेनले गत जुनदेखि रूसी सेनाको कब्जाबाट युद्धमा गुमेको भूमि फिर्ता लिन प्रतिकार सुरु गरेको थियो ।

    कीएभले हालैका हप्ताहरूमा झापोरिझिया क्षेत्रमा रणनीतिक सफलता प्राप्त गरेको छ । गत महिना कीएभले दक्षिणी गाउँ रोबोटाइनलाई पुनः कब्जामा लिएर रणनीतिक विजय हासिल गरेको घोषणा गरेको थियो ।

    आक्रमणको सुरुवातमा रूसी सेनाको कब्जामा परेको टोकमक शहरलाई कीएभले कब्जामा लिएमा यो यूक्रेनका लागि ठूलो सफलता प्राप्त हुने टार्नाभस्कीले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend