logo

२०८३ साउन १३ बुधबार

बेनिनको पेट्रोल भण्डार गृहमा आगो लाग्दा ३५ जनाको मृत्यु

बेनिनको पेट्रोल भण्डार गृहमा आगो लाग्दा ३५ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, ७ असोज २०८०
  • 1.1K
    SHARES

    गैरकानुनी ढङ्गले बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक जना शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छभने १० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।

    बेननिको आन्तरकि तथा सार्वजनकि सुरक्षा मन्त्रालयका अन्सार शनिबार भएको आगलागीमा ३५ जनाको अमूल्य जीवन समाप्त भएको छभने १२ जना गम्भीर घाइते भएका छन् ।

    पेट्रोल भण्डार गरिएको स्थान वरपरका घरसमेत जल्दा भौतिक क्षति पनि धेरै भएको छ । इन्धन सञ्चय गरिएको स्थानमा आगो लाग्दा ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

    दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै वारुणयन्त्र, प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । बेनिनमा तस्करी गरिएको पेट्रोल देशको पूर्वी छिमेक नाइजेरियाबाट आउने गरेको छ ।

    नाइजेरिया अफ्रिकाको प्रमुख तेल उत्पादक देश हो जहाँ इन्धन धेरै सस्तो छ । मुनाफा कमाउने उद्देश्यले धेरैले गैरकानुनीरुपमा इन्धन भण्डारण गर्दा बेलाबेलामा बेनिन र नाइजेरियामा पनि यस्ता अकल्पनीय दुर्घटना हुने गरेका छन् । यसैबीच, बेनिनको कानुन मन्त्रालयले दुर्घटनाको छानबिन थालेको बताएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend