logo

२०८३ साउन १३ बुधबार

रोजगारीका लागि टर्की पठाइदिने भन्दै ३० जनासँग एक करोड १५ लाख ठगी

रोजगारीका लागि टर्की पठाइदिने भन्दै ३० जनासँग एक करोड १५ लाख ठगी


हाम्रो राष्ट्र
  • मंगलबार, ९ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५, लेखनाथ टोलकी सुरूचि भुजेल छिन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई लेखनाथ टोलबाट शनिबार पक्राउ गरेको हो । भुजेल र उनकै ठेगाना भएका सिर्जनकुमार राईसमेतले टर्कीमा गएको भूकम्पपश्चात् पुनःनिर्माणका लागि संयुक्त राष्ट्रसंघ (यूएन) ले सहयोग गर्ने उद्देश्यले कामदार माग गरेको भन्दै ठगी गरेको आरोप छ ।

    उनीहरूले ३० जनाबाट १ करोड १५ लाख ९९ हजार ८ सय रूपैयाँ ठगी गरेको जाहेरी परेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनीहरूले पुनःनिर्माणको काममा यूएनले मासिक १ हजार ४ सय अमेरिकी डलर तलब दिने भनी पीडितहरूलाई प्रलोभनमा पारेका थिए ।

    पक्राउ परेकी भुजेलविरूद्ध काठमाडौं जिल्ला अदालत ७ दिनको म्याद लिएर ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । साथै यस ठगीमा परेका व्यक्तिहरूलाई यथाशीघ्र सम्पर्कमा आउनसमेत सीआईबीले आग्रह गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend