logo

२०८३ साउन १३ बुधबार

नेप्सेमा १८ अंकको बृद्धि

नेप्सेमा १८ अंकको बृद्धि


हाम्रो राष्ट्र
  • मंगलबार, ९ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । दुई दिन लगाता घटेको शेयर बजार नेप्से मङ्गलबार भने दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ ।

    आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको उच्च अङ्कले उकालो लागेको छ । बजार बढेको दिन मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ, शुभम् पावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमालयन लघुवित्त र थ्री स्टार हाइड्रोको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ८७ लाख ४ हजार कित्ता शेयर २ अर्ब ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend