logo

२०८३ साउन १५ शुक्रबार

इमरान खानलाई थप १४ दिन थुनामा राख्न अनुमति

इमरान खानलाई थप १४ दिन थुनामा राख्न अनुमति


हाम्रो राष्ट्र
  • मंगलबार, ९ असोज २०८०
  • 1.2K
    SHARES

    पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ ।

    एक कुटनीतिक दस्तावेज उल्लेख गरिएको गोप्य कागजात इमरान खानले लुकाएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

    विशेष अदालतबाट जारी एक सूचनामा भनिएको छ, “खान र कुरेशीको न्यायिक हिरासत १० अक्टोबरसम्म लम्ब्याइएको छ ।”

    पीटीआईका अनुसार यसमा खानलाई पदच्युत गर्ने अमेरिकी धम्की थियो । तोशाखाना प्रकरणको तीन वर्षको जेल सजाय निलम्बित भएपछि पीटीआईका अध्यक्षलाई कुटनीतिक दस्तावेज प्रकरणमा न्यायिक हिरासतमा राखिएको पाकिस्तानी अङ्ग्रेजी पत्रिका ‘डन’ले जनाएको छ ।

    इमरानको विशेष अदालती कारबाही ‘सुरक्षाको कारण देखाउँदै’ अट्टक जेलमा भइरहेको कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend