logo

२०८३ असोज ७ बुधबार

युक्रेनमा अमेरिकी अब्रामट्याङ्क ध्वस्त हुने क्रेमलिनको दाबी

युक्रेनमा अमेरिकी अब्रामट्याङ्क ध्वस्त हुने क्रेमलिनको दाबी


हाम्रो राष्ट्र
  • मंगलबार, ९ असोज २०८०
  • 1.2K
    SHARES

    क्रेमलिनले युक्रेनलाई आपूर्ति गरिएको अमेरिकी अब्राम्सट्याङ्कले आक्रमणको परिणाममा परिवर्तन नगर्ने तर रूसी आक्रमणका कारण ‘ध्वस्त’ हुने दावी गरेको छ ।

    कीएभले अमेरिकी ‘अब्राम्स ब्याटल ट्याङ्क’को प्राप्त गरेको जानकारी गराएको छ । यसले भारी किल्लादार रूसी रक्षात्मक लाइनहरू तोड्न आफ्नो सेनालाई प्रोत्साहन गर्ने युक्रेनी विश्वास रहेको छ ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यी सबै कुराले कुनै पनि हालतमा विशेष सैन्य अभियानको मर्म र यसको परिणामलाई प्रभावित गर्न सक्दैन । युद्धको मैदानमा शक्ति सन्तुलन परिवर्तन गर्न सक्ने कुनै पनि हतियार छैन ।’

    क्रेमलिनले पश्चिमा हतियारका बारेमा प्रयोग गरेको कुरा दोहोर्याउँदै उनले भने, ‘ती पनि जल्नेछन् ।’  युक्रेनले रूसको नियन्त्रणमा रहेको भू–भागभित्र आक्रमण गर्न र रूसी नियन्त्रित क्षेत्रभित्र आक्रमण गर्न मद्दत गर्न लामो दूरीका क्षेप्यास्त्रसहित थप पश्चिमा हतियारको माग गर्दै आएको छ ।

    वासिङ्टनले यस वर्षको सुरुमा कीएभलाई ३१ वटा अब्राम्सट्याङ्क उपलब्ध गराउने वाचा गरेको थियो, जुन द्वन्द्व सुरु भएयता संयुक्त राज्य अमेरिकाले प्रतिबद्धता गरेको ४३ अर्ब डलरभन्दा बढीको सुरक्षा सहायताको एक हिस्सा हो ।

    रूसले युक्रेनमा लगातार पठाइएको क्षेप्यास्त्रको निन्दा गर्दै यसले द्वन्द्व लम्ब्याएको तर्क गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend