logo

२०८३ साउन १४ बिहिबार

टी-२० विश्वकप छनोटका लागि त्रिदेशीय सिरिज आयोजना गर्ने क्रिकेट संघको निर्णय

टी-२० विश्वकप छनोटका लागि त्रिदेशीय सिरिज आयोजना गर्ने क्रिकेट संघको निर्णय


हाम्रो राष्ट्र
  • मंगलबार, ९ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईबीच त्रिदेशीय टी–२० सिरिज आयोजना गर्ने भएको छ । मंगलबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

    आईसीसी मेन्स टी–२० विश्वकप एसिया फाइनल्स प्रतियोगिताको तयारीस्वरुप आगामी अक्टोबर १७ देखि २६ सम्म काठमाडौंमा उक्त सिरिज आयोजना गर्न लागिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

    त्यस्तै क्यानले अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा उपाध्यक्ष रोशन कुमार सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खड्का र सदस्य दिवाकर घले रहेको पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend