logo

२०८३ साउन १५ शुक्रबार

रुसी अदालतद्वारा नभाल्नीको अपील अमान्य

रुसी अदालतद्वारा नभाल्नीको अपील अमान्य


हाम्रो राष्ट्र
  • बुधबार, १० असोज २०८०
  • 1.7K
    SHARES

    रूसी अदालतले क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीलाई १९ वर्ष जेल हाल्ने अदालतको फैसलाविरुद्ध उनले गरेको अपील अमान्य घोषणा गरेको छ । नाभाल्नीद्वारा गरिएको अपीलबारे अदालतले अघिल्लो निर्णयलाई नै कार्यान्वयन गर्नेगरी थप सुनुवाई गर्नु नपर्ने निर्णय गरेको हो ।

    नाभाल्नी विगत एक दशकमा रूसी सत्ताविरूद्ध सबैभन्दा चर्को आलोचक मानिन्छन् । उनले सन् २०२१ मा जालसाजीको अभियोगमा जेल जानुअघि सरकार विरोधी विशाल र्याली निकाल्न संयोजकको भूमिका खेलेका थिए । मस्को नजिकैको उनी रहेको जेलको एक अदालतले गत महिना उनलाई १९ वर्षको जेल सजाय सुनाएको थियो ।

    जसमा उनले ‘अतिवादी गतिविधि’ गरेर सार्वजनिक सुरक्षालाई कमजोर पार्ने सङ्गठन खडा गरेको आरोप लगाइएको छ ।

    ४७ वर्षीय प्रबुद्ध अधिकारकर्मी नाभाल्नीले क्रेमलिनलाई देशभरि राजनीतिक कार्यालयहरूको सञ्जाल र राजनीतिक अभिजात वर्गविरुद्ध विश्वसनीय भ्रष्टाचारको आरोप लगाउने भ्रष्टाचार निगरानी संस्था स्थापना गरेर भ्रष्टाचारविरूद्ध दबावमुलक आन्दोलनको नेतृत्व गरेका छन् ।

    उनीविरूद्धको विषाक्त आक्रमणमा उनले क्रेमलिनको संलग्नता रहेको दावी गरेका थिए भने सन् २०२१ मा उनी उपचारपछि जर्मनीबाट मस्को आइपुगेका थिए । मस्को आइपुगेपछि उनलाई पक्राउ गरी जेल चलान गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend