logo

२०८३ साउन १४ बिहिबार

नेप्सेमा १८ अंकको गिरावट

नेप्सेमा १८ अंकको गिरावट


हाम्रो राष्ट्र
  • बुधबार, १० असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० विन्दुमा झरेको छ ।

    सबै समूहको शेयर ओरालो लागेर बजार राताम्मे देखिएको छ । सबैभन्दा धेरै शुभम् पावर कम्पनी र लक्ष्मी भ्यालु–२ को शेयर १० प्रतिशतले घटेको छ ।

    समग्रमा बजार राताम्मे हुँदाको दिन आज मनकामना इन्जिरियङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा एसियन हाइड्रोपावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ ।

    आज ७० लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend