logo

२०८३ साउन १३ बुधबार

दोलखाको विगुबाट चार किलो सुन बरामद

दोलखाको विगुबाट चार किलो सुन बरामद


हाम्रो राष्ट्र
  • बिहिबार, ११ असोज २०८०
  • 1.2K
    SHARES

    दोलखा । दोलखाको लामाबगर क्षेत्रबाट प्रहरीले चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार राति चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

    दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपासबाट प्रहरीले चीनबाट अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो । इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिएका छन् ।

    उनकाअनुसार ठूलो परिमाणमा पैदलमार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले त्यसक्षेत्रमा निगरानी बढाएको थियो । चीनको तिब्बती नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद भएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend