logo

२०८३ असोज ७ बुधबार

उत्तर कोरियाबाट देशनिकाला गरेका सैनिक अमेरिकी हिरासतमा

उत्तर कोरियाबाट देशनिकाला गरेका सैनिक अमेरिकी हिरासतमा


हाम्रो राष्ट्र
  • बिहिबार, ११ असोज २०८०
  • 1.2K
    SHARES

    दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेपछि पक्राउ परेका अमेरिकी सैनिक ट्राभिस किङ देश निकाला पछि अमेरिकी हिरासतमा राखिएको छ । अमेरिकी सैन्य अखडामा लैजानुअघि उनलाई चीनमा अमेरिकी हिरासतमा लिइएको थियो ।

    २३ वर्षका ती निगरानी सम्बन्धी विशेषज्ञ गएको जुलाईमा गैर कानुनी रूपमा उत्तर कोरियामा प्रवेश गरेका थिए । एक जना वरिष्ठ अधिकारीले महिनौँको ‘गम्भीर कूटनीतिक’ प्रयासपछि उनी अमेरिका फर्किएको र उनले आफ्नो परिवारसँग कुराकानी गरेको बताए ।

    उनले आफूहरूले ती सैनिकहरूलाई उपयुक्त पुनर्स्थापना प्रक्रिया अन्तर्गत कुनै स्वास्थ्य वा भावनात्मक समस्याहरूको सम्बोधन गर्न मद्दत गर्ने बताए । किङ अमेरिकाले दक्षिण कोरियामा खटाएका २८ हजार ५ सय सैनिकमध्ये एक थिए ।

    अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले उनले नियोजित रूपमै सीमा पार गरेको त्यस बेला बताएका थिए । उत्तर कोरियातिर भागेका किङलाई दक्षिण कोरियाबाट अमेरिका फिर्ता पठाउन लागिएको थियो ।

    झगडा गरेका कारण यसअघि नै उनी अनुशासनको कारबाहीमा परेका थिए । उत्तर कोरियाले २३ वर्षका यी अमेरिकी सैनिकलाई नियन्त्रणमा लिइएको स्वीकार गरेलगत्तै उनलाई रिहा गर्न लागिएको विवरण सार्वजनिक भएको हो ।

    उत्तर कोरियाली सरकारी समाचारसंस्था केएनसीएका अनुसार उनले अमेरिकी सेनामा भएको अमानवीय व्यवहार, रङ्गभेदबारे समानुभूतिको अभाव र अमेरिकाको असमान समाजबारेको मोहभङ्गका कारण आफू गैरकानुनी रूपमा उत्तर कोरिया प्रवेश गरेको स्वीकार गरेका थिए।

    अमेरिकी फौजमा रहेका किङले उत्तर कोरियामा शरण लिने इच्छा व्यक्त गरेको त्यहाँको सरकार नियन्त्रित सञ्चारमाध्यमले यसअघि जनाएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend