logo

२०८३ साउन १४ बिहिबार

नागोर्नो–काराबाखको इन्धन डिपो विष्फोट हुँदा एक सय ७० जनाको मृत्यु

नागोर्नो–काराबाखको इन्धन डिपो विष्फोट हुँदा एक सय ७० जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ असोज २०८०
  • 1.2K
    SHARES

     

    नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७० पुगेको काराबाख क्षेत्रका अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् ।

    अजरबैजानी सैन्य आक्रमणबाट ज्यान जोगाउन भागेका तथा कैयाँै दिनपछि  खुलेको इन्धन डिपोमा तेल किन्न गएका आर्मेनियालीहरूको विष्फोटमा मृत्यु भएको हो । आफ्नो मोटरमा तेल भरेर गन्तव्यतर्फ हिँडेका उनीहरूको जीवन इन्धन डिपोमा नै समाप्त भयो ।

    नागोर्नो–काराबाख क्षेत्रका पृथकतावादी लडाकुहरूलाई  निःशस्त्र गर्ने र अजरबैजानसँग एकीकरण गर्ने घोषणा गरेको भोलिपल्ट भएको विष्फोटमा ६८ जनाले ज्यान गुमाएका तथा अन्य दुई सय जना घाइते भएका सरकारी अधिकारीले बताएका थिए ।

    काराबाख अधिकारीहरूका अनुसार कैयाँैको शव पहिचान गर्नसक्ने अवस्थामा नरहेकाले ती अर्मेनियाको फोरेन्सिक मेडिकल जाँच ब्यूरोलाई हस्तान्तरण गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend