logo

२०८३ साउन १५ शुक्रबार

भारतलाई यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि

भारतलाई यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि


हाम्रो राष्ट्र
  • शनिबार, १३ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलले पराजित गरेको हो ।

    पहिलो हाफ गोलसहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा भारतले तीन गोल हान्यो । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको थियो । सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीवारदेखि काठमाडौंमा शुरु भएको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend