logo

२०८३ साउन १३ बुधबार

जिम्बाब्वेको सुनखानीमा छ जना पुरिए, १५ को उद्धार

जिम्बाब्वेको सुनखानीमा छ जना पुरिए, १५ को उद्धार


हाम्रो राष्ट्र
  • आइतबार, १४ असोज २०८०
  • 1.4K
    SHARES

    जिम्बाब्वेको एउटा सुनखानीमा छ जनाको पुरिएर ज्यान गएको छ भने निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । राजधानी हरारेबाट १०० किलोमिटर पश्चिममा रहेको चेगुतुमा रहेको बे हर्स सुन खानीको केही भाग भत्किँदा ३० जनाभन्दा बढी मजदुर फसेका थिए ।

    तेह्र जना खानी कामदार भने बच्न सफल भएका बताइएको छ । खानीमा फसेकाहरूलाई उद्धारको प्रयास भइरहेको छ । खानीको भाग के कारणले भत्कियो भन्ने थाहा हुन सकेको छैन भने दुर्घटनाको विस्तृत विवरण पनि प्राप्त भएको छैन । जिम्बाब्वे खानी महासङघले घटनास्थलमा गएर कारण पत्ता लगाउने बताएका छन् ।

    सुन, प्लेटिनम र हीराको विशाल भण्डार भएको जिम्बाब्वेमा सुरक्षा मापदण्डको पूर्ण पालना नहुँदा खानी दुर्घटनाहरू सामान्य हुन् । सन् २०१९ मा भीषण वर्षासँगै खानीमा बाढी पस्दा धेरै मजदुर डुबेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend