logo

२०८३ साउन १५ शुक्रबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन


हाम्रो राष्ट्र
  • आइतबार, १४ असोज २०८०
  • 1.4K
    SHARES

     

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीले निगमलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिइसकेको जानकारी  दिइन् ।

    “प्रधानमन्त्रीले नेपाल आयल निगमलाई आजै मूल्यवृद्धिको निर्णय फिर्ता गर्न निर्देशन दिनुभएको छ”, प्रवक्ता शर्माले भनिन्, “निगम स्वचालित मूल्य प्रणालीमा गए पनि चाडबाडको समयमा मूल्यवृद्धिले जनतालाई समस्यामा पार्ने विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।” उनले निगमले साविककै मूल्य कायम गर्दै आजै सूचना निकाल्ने समेत जानकारी दिइन् ।

    नेपाल आयाल निगमले शनिबार पेट्रोल र  डिजलमा प्रतिलिटर ६, मट्टितेलमा प्रतिलिटर दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ रुपैयाँ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर  दुई सय १५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend