logo

२०८३ असोज ८ बिहिबार

संसदमा विद्यालय शिक्षा विधेयक पेश

संसदमा विद्यालय शिक्षा विधेयक पेश


हाम्रो राष्ट्र
  • आइतबार, १४ असोज २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेश भएको छ। आइतबारको संसद बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयक प्रस्तुत गरेका हुन् ।

    विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित बनेका थिए। सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने बताएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका थिए ।

    विधेयकमा तमाम त्रुटि रहेको भन्दै सच्याउनुपर्ने माग राख्दै शिक्षकहरू आन्दोलित बनेका थिए । विधेयकमा त्रुटि रहेको सत्तपक्षका सांसदहरूको भनाइ छ। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विधेयकमा तमाम त्रुटि रहेको र संसदबाटै सच्चाउनुपर्ने बताएका थिए ।

    उनले विधेयक सरकारको प्रस्ताव मात्रै भएकाले यसमा रहेका धेरै त्रुटिहरूलाई संसदबाट सच्याउने प्रतिवद्धता जनाएका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend