logo

२०८३ असोज ७ बुधबार

नेप्सेमा ३३ अंकको गिरावट

नेप्सेमा ३३ अंकको गिरावट


हाम्रो राष्ट्र
  • आइतबार, १४ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० विन्दुमा झरेको छ ।

    सबै समूहको शेयर घटेकोमा जलविद्युत्, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचल फन्ड, अपर हेवाखोला जलविद्युत्, एसिएन हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ र सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

    समग्रमा बजार राताम्मे भए पनि सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज ६७ लाख २३ हजार कित्ता शेयर एक अर्ब ८३ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्सको १४ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend