logo

२०८३ साउन १४ बिहिबार

भारतीय विदेशमन्त्री भन्छन् – जी २० को सफलता भारत–अमेरिका साझेदारीको सफलता हो

भारतीय विदेशमन्त्री भन्छन् – जी २० को सफलता भारत–अमेरिका साझेदारीको सफलता हो


हाम्रो राष्ट्र
  • आइतबार, १४ असोज २०८०
  • 1.2K
    SHARES

    भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले जी २० शिखर सम्मेलनको सफलता सफलता भारत–अमेरिका साझेदारीको सफलता भएको बताए ।

    ‘शिखर सम्मेलनमा भारत र अमेरिकाको समझदारी, सहयोग, साझेदारी र सहकार्यका साथै साझा दृष्टिकोणको पनि सम्मिश्रण थियो,’ शनिबार वासिङ्टन डिसीस्थित इन्डिया हाउसमा ‘कलर्स अफ फ्रेन्डसिप’ कार्यक्रममा भारतीय कुटनीतिज्ञलाई सम्बोधन गर्दै विदेशमन्त्रीले भने, ‘जी २० शिखर बैठकमा विश्वका नेताहरूलाईं एकै स्थानमा भेला गर्नु चुनौतीपूर्ण थियो तर त्यसमा हामी सफल भयौँ ।’

    अमेरिकी साथ र सहयोगका लागि वासिङ्टनलाई श्रेय दिँदै विदेशमन्त्री जयशङकरले वैश्विक चुनौती सामना गर्न भारत र अमेरिकाले साझेदारी गरिरहेका बताए ।

    गान्धी जयन्तीको पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा उनले महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जी २० का सन्देश पनि गान्धीका सिद्धान्तकै सेरोफेरोमा रहेका बताए । ‘संसारलाई साझा घर मान्ने र यसका बासिन्दालाई आफ्नै परिवार ठान्ने’ प्राचीन परम्पराप्रति उनको लगाव रहेको विदेशमन्त्रीले उल्लेख गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend