logo

२०८३ साउन १५ शुक्रबार

दाङको लमहीमा बस दुर्घटना, १४ जना घाइते

दाङको लमहीमा बस दुर्घटना, १४ जना घाइते


हाम्रो राष्ट्र
  • सोमबार, १५ असोज २०८०
  • 1.5K
    SHARES

    दाङ । दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेत गइरहेको ग १ख ८४८५ नम्बरको बस सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–४ वनगाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन् ।

    बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको उनले बताए । घाइतेलाई उपचारका लागि लमही अस्पताल लगिएको छ । प्रहरीले बस चालक रामेछापको सुनपति गाउँपालिका–३ का रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend