logo

२०८३ साउन १४ बिहिबार

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित


हाम्रो राष्ट्र
  • मंगलबार, १६ असोज २०८०
  • 1.2K
    SHARES

    विराटनरगर । नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । विनोद ढकाललाई पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    खतिवडाले ५१२ ले मत प्राप्त गरे भने ढकालले ४३० मत पाएका छन् । खतिवडा अध्यक्ष केपी केपी शर्मा ओली निकटका मानिन्छन् भने ढकाल पूर्वराष्ट्रपति विधा भण्डारी निकट हुन् । उपाध्यक्षमा टिकाराम चेमजोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा राजकुमार भण्डारी निर्वाचित भएका छन् । भण्डारीले शैलेश लामालाई पराजित गरे।

    भण्डारीले ५२४ मत प्राप्त गर्दा लामाले ३८१ मत पाए । उपसचिवमा जलवर्षा राजवंशी निर्वाचित भएका छन् । दुई जना उपसिचवका लागि तीन जना प्रतिस्पर्धी थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend