विश्वको छैटौँ अग्लो चुचुरो माउन्ट चो ओेयुको सफल आरोहण गरी आधार शिविरबाट पहिलो पटक हिउँ र बरफका नमुनाहरु सङ्कलन गरिएको चिनियाँ टोलीले जनाएको छ ।
समुन्द्र सतहदेखि आठ हजार दुई सय एक मिटर उचाईमा रहेको चो ओयु हिमालबाट वैज्ञानिक अनसुुन्धानका लागि नमुनाहरू सङ्कलन गरिएको टोलीले बताएको छ ।
चोयु हिमालको शिखर संसारका अन्य हिमालको तुलनामा दुर्लभ र मैदान जस्तै फराकिलो रहेको छ । चाईनिज एकेडेमी अफ साइन्स (सीएएस) का शिक्षाविद् याओ टान्डोङका अनुसार चो ओयु हिमालमा ७० मिटर भन्दा बढी मोटो देखिने शिखरमा रहेको बरफको तह आठ हजार मिटरभन्दा माथिका हिमालमध्ये सबै भन्दा बाक्लो हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
विश्वका अन्य हिमालमा जस्तै माउन्ट चो ओयुमा बढ्दै गएको वातावरणीय परिवर्तनलाई अध्ययन गर्न सङ्कलित नमुनाबाट स्थिर समस्थानिक तत्व, कोइला, वायुको उपस्थिति आदिको विश्लेषणात्मक अध्ययन गरिने बरफ उत्खनन् टोली नेता जु बायकिङ्ले बताए ।
नमूनाहरूले एशियाको उचाइमा रहेको पानीको अवस्था र निम्न तापमण्डलको परिवर्तन प्रक्रिया तथा संयन्त्रलाइ समेत प्रकट गर्न सकिने पनि उनले बताए । अनुसन्धानले तिब्बत र छिङहाइको पारीस्थितिक प्रणाली संरक्षणमा समेत सहयोग पुग्ने विश्वास अनुसन्धाताले लिएका छन् ।
सन् २०१७ माउन्ट चो ओयुको अनुसन्धान व्यापक वैज्ञानिक अभियानको एक हिस्सा भएको शिक्षाविद् याओ टान्डोङले बताए ।
उनका अनुसार यस अघि नै चिनियाँ वैज्ञानीकहरूले माउन्ट चोमोलाङ्मा आरोहण गरी विश्व रेकर्ड बनाएका थिए । यसै सन्दर्भमा माउन्ट चो ओयुको आरोहण अनुसन्धान सहितको प्रयास हो । टोलीका अनुसार एक सय बीस वैज्ञानिक अनुसन्धानमा सक्रिय छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend