logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच बालुवाटारमा भेटवार्ता


हाम्रो राष्ट्र
  • मंगलबार, १६ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र अल्ब्राइटबीच भेटवार्ता भएको हो ।

    भेटमा एमसीसी परियोजनालगायत नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटसहितको टोलीले सोमबार भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend