logo

२०८३ साउन १३ बुधबार

११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ

११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ


हाम्रो राष्ट्र
  • मंगलबार, १६ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । ११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ परेका छन् । दोलखाबाट बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, सनत प्रधान र लालबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

    उनीहरू तीनै जना काठमाडौंको स्वयम्भुबाट पक्राउ परेका हुन् । प्रवक्ता अधिकारीका अनुसार पक्राउ परेका तीनै जनालाई आजै जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाइनेछ । ११ किलो सुन प्रकरणमा यसअघि सात जना पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend